सन्धिखर्कमा पानीको मुल्य घट्यो (भिडियो)

सबैको सन्देश /सागर महत अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क रहेको साना शहरी खानेपानी तथा सरसफाइ मुल संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ । हाल १७ सय ६१ घर धुरीले प्रयोग गदै आएको खानेपानीको न्यूनतम शुल्क घटाउने संस्थाले निर्णय गरेको हो ।
जसअन्तर्गत नौलापानी राटटारी पानी आपुर्ति गर्ने कार्य सञ्चालनमा ल्याएकोले भाद्र १ गते देखी लागुहुने गरी साबिकको न्यूनतम महशुल रु ३सय २० लाई घटाई रु २सय ५० कायम गर्ने निर्णय गरेको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।यसरी प्रति घर धुरी न्यूनतम महशुल ७० छुट हुदाँ वार्षिक १७ सय ६१ घर धुरी लाई १४ लाख ७९ हजार २ सय ४० छुट हुने छ ।
कमेन्ट गर्नुहोस !