अर्घाखाँची सबै निर्वाचन क्षेत्रमा एमाले विजयी

अर्घाखाँची ।एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेकोअर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । कांग्रसकी पुष्पा भुसाललाई १ हजार७सय३० मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।रायमाझीले ४२ हजार ६ सय ७५ पाउँदा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको हो ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ३ हजार १सय९९ मत प्राप्त गरेका छन् ।

यस्तै दुइ प्रदेश सभा रहेको जिल्लामा पनि नेकपा एमालेले जित निकालेको छ । जसअन्तर्गत प्रदेशसभा (१) मा नेकपा (एमाले) का चेतनारायण आचार्य विजयी हुनुभएको छ ।उहाँले गठबन्धन तथा राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गर्दै विजयी हुनुभएको हो।आचार्य ७ सय ४० मतान्तरले अग्रता कायम गर्दै विजयी हुनुभएको हो ।आचार्यले २० हजार ५ सय १८ मतल्याउनुभएको हो ,भने उहाँकानिकट्तम प्रतिद्वन्द्वी जनमोर्चाका केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।उहाँका प्रतिद्वन्द्वी कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गर्नुभएका हो ।घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जित्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close