एक हप्तामा अब २ दिन बिदा

एक हप्तामा २ दिन बिदा दिन अध्ययन समितिले आज सिफारिस गरेको छ ।समितिले विश्वका ८८ प्रतिशत देशमा २ दिन बिदा दिने प्रचलन रहेको विवरण सहित सातामा २ दिन बिदा दिन मिल्ने सुझाब दिएको हो ।जसमा पर्यटन मन्त्रालयले यस सम्बन्धी सुझाब दिन गठित कार्यदलले हप्ता मा २ दिन बिदा दिन सिफारिस गरेको हो ।हप्तामा २ दिन बिदा दिँदा खर्च कटौतीदेखि प्रशासनिक खर्च कम हुने र कर्मचारीको कामको उत्पादकत्व भने बृद्धि हुने निष्कर्ष सहित प्रतिवेदन बुझाबएको छ ।
सातामा २ दिन बिदा दिन मिल्ने वा नमिल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समय अगाडि मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो ।उक्त समितिले प्रतिवेदन बुझाउँदै विदा दिन सिफारिष गरेको हो ।
कमेन्ट गर्नुहोस !