कांग्रेस अर्घाखाँचीको चुनाव समिक्षा बैठक सम्पन्न

सन्धिखर्क । कांग्रेस अर्घाखाँचीको चुनाव समिक्षा बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । जसअन्तर्गत ३ वटा निर्णय गर्दै बैठक सम्पन्न भएको कांग्रेस प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो । बैठकलले हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा सहयोग पुर्याउने सम्पुर्ण निकाय लाई धन्यावाद दिने ।
जिल्लाबाट एमालेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा निर्वाचित जनप्रतिनिधिहरुको सफल कार्यकालको कामना सहित बधाई ज्ञापन गर्ने भएको छ । साथै जिल्लाको विकास एवं समृद्धिमा हातेमालो गर्न काँग्रेस अर्घाखाँची तयार रहेको प्रतिवद्धता व्यक्त गर्ने निर्णय गरेको छ,भने गठबन्धनका साझा उम्मेदवारहरुलाई मत प्रदान गर्ने जिल्लाका ६१ वटै वडाका मतदाताहरुलाई धन्यवाद दिन वडा तथा पालिका स्तरमा कार्यक्रम गर्ने पनि भएको छ ।
कमेन्ट गर्नुहोस !