गोरुसिंगेमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ अर्घाखाँचीका एक जनाको मृत्यु

बुटवल । कपिलवस्तुमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ अर्घाखाँचीका एक बालकको मृत्यु भएको छ ।गएराति जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरका १७ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ५२ प ८७८४ नम्बरको स्कुटर लाई लु २ ख ६५०१ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको थियो । अर्घाखाँचीबाट रुपन्देहीतर्फ तर्फ जाने क्रममा घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घटनामा मृतकका बुवा ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएका छन् ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !