अर्घाखाँचीमा २५ जनाको क्षमता रहेको कारागारमा ६० जना कैदीबन्दी

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ ।२५ जनाको क्षमता रहेको कारागारमा ६० जना कैदीबन्दी राखेपछि उनीहरु कष्टकर जीवन बिताइरहेका छन् ।हाल कारागारमा ५७ पुरुष र ३ महिला कैदिबन्दी रहेका छन् । अहिले भवनभन्दा वरिपरीको पर्खाल जिर्ण हुँदा समस्या भएको जिल्ला कारागार अर्घाखाँचीका जेलर कृष्णप्रसाद आचार्यले बताउनुभयो ।कारागार व्यवस्थापन विभागले गत वर्ष एउटा भवन बनाए पनि पर्खाल जिर्ण हुँदा त्यहाँ कैदीबन्दी सार्न नसकिएको र यसको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन नसकेको जेलर आचार्यको भनाइ छ ।भवन प्रयोगमा आएपछि झण्डै ८० जना कैदी राख्न सकिने बताइएको छ ।
कमेन्ट गर्नुहोस !