प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेस“गै नया“ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् ।

आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डस“गको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।

यद्यपि, महासेठले भने ‘भेटघाटमा शुभकामना साटासाट मात्रै भएको’ प्रतिक्रिया दिए । तर, एक घण्टाभन्दा बढी समय ‘गोप्य छलफल’ गरेका प्र्र्रचण्ड र महासेठको भेटघाटलाई ‘केबल शुभकामना साटासाट मात्रै भएको हो’ भन्नेमा कतिपय सशंकित छन् । ओलीनिकट नेता महासेठले प्रचण्डलाई भेटनुको पछाडि ‘आगामी सरकार गठन’’दयगत छलफल भएको चर्चा छ ।

‘प्रतिनिधिसभामा निर्वाचित भएपछि शुभकामना साटासाट गर्नका लागि गएको हुँ, अरु केही कुरा भएन,’ महासेठले भने, ‘उहाँले नि मलाई शुभकामना दिनुभयो, मैले नि दिएँ र फर्किएँ ।’

सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठन’’दयगत छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेटघाट हुनुलाई ‘अर्थपूर्ण’ रूपमा लिइएको छ ।

‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् ।

केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेटघाट गरी सिन्धुपाल्चोक सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा आफँ लागेको बताएका थिए ।

प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित केही सांसद र जिल्ला नेतासँगको छलफलमा प्रचण्डले ‘सरकारको नेतृत्व गर्नका लागि आफँ आन्तरिक तयारीमा जुटिसकेको’ जानकारीसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइसकेको बताएका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker