अर्घाखाँचीको भुमिकास्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सागर महत,अर्घाखाँची
अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परि चालक भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक पाण्डेको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि १५० मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close