सिन्धुलीमा बाबुबाट बलात्कृत बालिकाले बच्चा जन्माइन्

सिन्धुली ।महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् ।

अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो ।

ती बालिका १३ वर्षकी हुँदा आफ्नै बाबुबाट बलात्कृत भएकी थिइन् । त्यसबेला उनले यो कुरा कसैलाई भनिनन् । बिस्तारी उनको पेट ठुलो हुँदै गयो । उनलाई पेट पनि धेरै दुख्न पनि थाल्यो । एक दिन उनलाई आमाले नजिकैको मेडिकल पु¥याइन । त्यहाँ उनी सात महिनाको गर्भवती रहेको कुरा खुल्यो ।

गर्भपतन गर्न मिल्ने समय गुज्रिसकेको थियो । आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन् । गर्भपतन गराएमा आमाको पनि ज्यान ज्याने डाक्टरले भनेपछि ती बालिकाको गर्भपतन गराउन नसकिएको उनकी आमाले बताएकी छन् ।

बाबुको गर्भ रहेको कुरा बाहिर आएपछि गाउँकै मानिसले प्रहरीलाई खबर गर्दा मादक पदार्थ खाएर आफ्नो बावुले बलात्कार गरेको बालिकाले बताएकी थिईन् ।

एउटौ कोठामा सुत्ने गर्दा बुबाले रक्सि खाएर आई रातको समय बुबाले उठेर जबरजस्ति करणी गरेको बालिकाले बताइन् ।

यस घटनापछि बाबुलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बैदेशिक रोजगारीमा रहेका बाबु दुई वर्ष अगाडि घर फर्किएका हुन् । उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ । उनीहरुको एक छोरा र दुइ छोरी रहेका छन् ।ईमेज खबरबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close