२ वर्षपछि सन्धिखर्कमा हाट बजार संचालन

अर्घाखाँची ।बिगत २ बर्ष देखि संचालनमा आउन नसकेको हाट बजार आज देखि पुन संचालनमा आएको छ ।कोभिड १९ को कारण स्थगित शुक्रबारे र मंगलबारे हाट बजार आजदेखि अर्घाखाँचीका सदरमुकाम सन्धिखर्कको बस पार्कमा संचालनमा आएको बताइएको छ ।
अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समुहको पहलमा हाट बजार संचालनमा आएको समुहका अध्यक्ष पुस्करनाथ बन्जाडेले बताउनुभयो ।हाट बजार सुरु भएपछि किसान र उपभोक्ता खुशी भएका छन ।
कमेन्ट गर्नुहोस !