अंग्रेजी माध्यममा पढाइ हुने पार्वती आधारभूत विद्यालयको बार्षिक उत्सव सम्पन्न

प्रेमनारायण आचार्य,अर्घाखाँची।
अंग्रेजी माध्यममा पढाइ हुने पार्वती आधारभूत विद्यालय सन्धिखर्क नगरपालिका १ पटुवाथुमको ६६ औ वार्षिकोत्सब, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
समय सापेक्ष अभिभावकको मागका आधारमा विद्यालयमा प्यावसनले तयार गरेको पाठ्यक्रम पढाउन थालेपछि विद्यार्थीहरु पनि आकर्षित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठले बताउनु भयो ।
नर्सरी देखि कक्षा ७ सम्म अंग्रेजी माध्यम प्यावसनकै पाठ्यक्रम पढाई हुने पार्वती आधारभुत विद्यालय जिल्लाकै गुणस्तरीय पढाइ हुने विद्यालयमा पर्दछ । यस विद्यालयमा हाल १ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, भौतिक संरचना निर्माण गर्न, अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई उत्कृष्ट बनाउन अभिभावक तथा शिक्षकहरु पनि कम्मर कसेर लागेका छन् ।
बार्षिकउत्सवको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्धाटन गर्नु भएको थियो । उहाँले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको समयमा अंग्रेजी माध्यमबाट विद्यार्थी पढाएर गुणस्तरीय शिक्षा दिएको विद्यालयको प्रशंसा गर्नु भयो ।


सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र विद्याथीं संख्या बढाउन शिक्षक, अभिभावकले चालेका कामहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । शिक्षकहरुलाई समय सापेक्ष उच्चतम प्रविधि र विद्यार्थीको आवश्यक्ता र मागका आधारमा पढाउन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुली, सन्धिखर्क नगरपालिकाका सामाजिक विकास समिति अध्यक्ष तथा १२का वडा अध्यक्ष नारायण खड्का, सन्धिखर्क नगरपालिका १ का वडा अध्यक्ष माधव श्रेष्ठ , ज्ञान प्रकाश माविका प्रधनाध्यापकसुर्य खनाल, विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु ठाकुर प्रसाद श्रेष्ठ, सुवास श्रेष्ठ, पुर्व प्रधनाध्यापक पुस्पा न्यौपाने, वलबहादुर रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो ।
विद्यालयका प्रधनाध्यापक विष्णु प्रसाद पराजुलीले विद्यालयको बार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक गोपाल पन्थीको सञ्चालन र पवित्रा वेल्वासेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बार्षिक परीक्षमा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी, विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुने विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close