थप १२ सय ४ जनामा कोरोना पुष्टि,११ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौं  ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । यस्तै गएको २४ घण्टामा १४ सय ४७ जना कोरोना सङ्क्रमित निको भएसँगै डिस्चार्ज भएर घर फर्किए सँगै अहिले सम्म ४५ हजार २ सय ६७ जनाले कोरोना जितेका छन । अब नेपालमा १७ हजार १सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ ।

गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close