आईपीएलमा मुम्बई ५ विकेटले पराजित ,चेन्नईको विजयी सुरुवात

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।गएराति युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै चेन्नईले मुम्बईसँग १२ औं संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । यस्तै कप्तान धोनीले आफ्नो कप्तानीमा चेन्नईका लागि एक सय औं जित पूरा गरेका छन् ।उज्यालो बाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close