बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिग उपाधि जितेको हो ।पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।
बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको बायर्नले सन् २००१ मा पनि उपाधि जितेको थियो । ११ पटक फाइनल खेल्दा ६ पटक उपाधि जितेको बायर्न ५ पटक भने उपविजेता बनेको थियो । बायर्नले यस सिजन कुने पनि खेल नहारी उपाधि जितेको हो ।
कमेन्ट गर्नुहोस !