प्रसिद्ध आरोही आङरिता शेर्पाको निधन

प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।
‘हिउँ चितुवा’ उपनामले चर्चित आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।
सोही कारण उनलाई ‘हिउँ चितुवा’ उपनाम दिइएको थियो । उनी करिब ३ वर्षदेखि बिरामी भएर घरमै बस्दै आएका थिए ।
कमेन्ट गर्नुहोस !