कोरोना संक्रमितकाे सङ्ख्या ६५ हजार नाघ्याे, १६ संक्रमितको मृत्यु

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा काठमाडौंका ५८ वर्ष, ७३ वर्षका पुरुष, ललितपुरकी ५८ वर्षकी महिला, ६१ वर्षका पुरुष तथा भक्तपुरका ८४ वर्ष र ६२ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै झापाका ७२ वर्ष, ४९ वर्ष, पर्साका ८८ वर्ष, मकवानपुरका ६८ वर्षका पुरुष र १७ वर्षकी महिला, चितवनका ५५ वर्षका पुरुष, दोलखाकी ५२ वर्षकी महिला, रुपन्देहीका ६७ वर्ष तथा बाँकेका ५० वर्ष र ५९ वर्षका पुरुषको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close