विचार- दाइजो

-पुष्कर घिमिरे
छोरीको विवाह गरी बेहुलाको घर जाँदा उपहार स्वरुप दिइने चल÷अचल सम्पतिलाई दाइजो भनिन्छ । कोही देखाउन र इज्जतको डरले सकी, नसकी ऋणमा डुबेर भएपनि दाइजो दिने गर्छन् । नेपाली समाज, परम्परा र पुरातन सँस्कृति पहिलेदेखि नै लिने÷दिने गरेको प्रचलन पाइन्छ । २१ औँ शताब्दिमा आएर हेर्दा यसको झनै विकृत रुप बढेर गएको पाइन्छ । जसले गर्दा दिन प्रतिदिन नकरात्मक प्रभाव यो सँगै बढिरहेको छ । समाजमा अन्य थुप्रै सामाजिक कुरीति दाइजोजस्तो विकृत स्वरुपले निम्ताइरहेको छ । प्राचिन समाजमा चलन अनुसार छोरी घर पठाउँदा उसलाई चाहिने उपभोग्य सामाग्री दाइजो दिने प्रचलन थियो भने आजभोलि मानिसहरु नगदी पैसा र घर जग्गा दिने गरेको पाइन्छ ।

समाजमा दाइजो लिने, दिने परम्परा चाँहि राम्रो होइन समाजमा हेर्दा दाइजो बिरुद्ध आन्दोलन हुने गरेको पाइन्छ । दाइजो लिने मान्छे क्षणिक रुपमा खुसी त हुन सक्ला तर दिने परिवार ऋणमा डुबेर यसकै पीडामा वर्षोसम्म बाँच्नुपर्ने कठीन परिस्थितिको सिर्जना हुनसक्छ ।
मानिस आजभोलि यहि दाइजोको विषयलाई लिएर मागी विवाह भन्दा प्रेम विवाहलाई बढि अगाँल्न खोजेको देखिन्छ, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । विवाहमा अनावश्यक लाग्ने खर्च जोगियो भन्ने सोच यो विवाह गर्नेमा भएता पनि हाम्रो समाजको संस्कारले अझै पनि दाइजोको नै अपेक्षा गर्दछ । यसरी आम रुपमा नेपाली समाजमा यस्ता किसिमका सोच बदल्न नसकिरहेको तीतो यथार्थ तपाइ हामीमाझ छ ।

छोरीलाई केहि समयपछि माइती फर्काउने आमाबाबुको चिनजान ढोगभेट (सम्देलो) गर्ने जस्ता परम्पराले दाइजो प्रथा लाई झनै बढवा दिएको छ । आजभोलि दाइजोको विषयमा हुने बिसंगितीहरु महिलाहरुलाइ गरिने दुव्र्यवहार, भु्रण हत्या, बालिकामा देखिने कुपोषण घरेलु हिंसा, मानसिक र शारीरिक यातना जस्ता अमानवीय क्रियाकलाप बढी भएको पाइन्छ ।

अनुभवजन्य घटनाहरु समाजले अनुभूति गरेको भएता पनि यसलाई बिरोध गर्नुपर्छ । समाजमा देखिने विवाहमा भड्किलो खर्चको तरिकाले समाजमा बस्ने गरिब दुखी र हुने खाने मानिसहरु आज बत्ति मुनीको अध्याँरो जस्तै भएका छन् । समाजमा धेरै परिवर्तन भएता पनि मानिसको सोचमा परिवर्तन हुन सकेको छैन । छोरीलाई शिक्षा दिन हुदैँन भन्ने संस्कार अझै जिवितै छ । आजको समय दाइजो भन्दा छोरीलाई शिक्षा दिन आजको आवश्यकता हो । जति शिक्षित छोरी भएपनि दाइजो प्रथाको जरो अझै उखेल्न समाजबाट उखेल्न सकिएको छैन । साँच्चै आजको युग र समय सापेक्ष छोरीलाई दाइजो होइन शिक्षा दिन आवश्यकता देखिन्छ । जतिसुकै नीति नियम र कानुन बनेपनि मानिसको सोच बिचार परिवर्तन हुन नसके यो प्रथाको अन्त्य हुने छैन ।

आज समाजमा हरेक पुरुषले व्यवहारिक, असल, शिक्षित, छोरी वा नारीको खोजी गरौँ न कि दाइजोको आश । अर्काको छोरीसँगै दाइजो लिने आश र संस्कार सम्पूर्णको मनबाट त्यागी सोहि अनुसारको सोच व्यवहार परिवर्तन गरौँ ।

 

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close