थप २ हजार ६ सय ३८ मा कोरोना पुष्टि,८ को मृत्यु

सबैको सन्देश/ काठमाण्डौ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा २ हजार १ सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८० हजार ९ सय ५४ पुगेको छ । अब नेपालमा ३६ हजार ३ सय ६७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
यता वितेको २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close