अर्घाखाँचीमा छोरालाई क्यारेन्टाइनमा बस्न आग्रह गर्दा आफ्नै घाँटी रेटेर गम्भीर घाइते

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा भारतबाट आएका छोरालाई क्यारेन्टाइनमा बस्न आग्रह गर्दा तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेर घाइते भएका छ्न।जिल्लाको शितगंगा नगरपालिका वडा नंं .७ का नेत्र बहादुर पुलामीका २८ वर्षीय छोरा धन बहादुर पुलामी आइतबार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो।
खत्रीका अनुसार रोजगारीको सिलसिला मा भारत गएका पुलामी घरमा आइसके पछि निजको बुबा र घरपरिवारको अन्य सदस्यले क्यारेन्टाइनमा बस्न आग्रह गर्दा आफ्नै घाँटी रेटेर गम्भीर घाइते भएको बताइएको छ। उनको उपचारको लागि नगरपालिकामा रहेको ठाडा स्वस्थ्य चौकीमा लगेपनी त्यहाँ उपचार हुन नसक्दा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको बताइएको छ।
कमेन्ट गर्नुहोस !