देशभर थप १३५६ लाई कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
जसमध्ये ४८ हजार १० जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८२३ जना डिस्चार्ज भए । २४ घण्टामा ११ हजार १५४ सय जनाको पिसिआर परीक्षण भएको छ ।
यसैबीच नेपालमा २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र १ पुरुष संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ५० वर्षका पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षकी महिला रहनुभएको छ ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !