दलित अधिकार हक हितको लागि नगरपालिकाले सक्दो सहयोग गर्छ,नगर प्रमुख भुसाल

सागर महत /अर्घाखाँची ।
दलित अधिकार हक हितको लाई राज्य भन्दा स्थानीय समाज बाट विभेद भएको एक कार्यक्रममका ब्यक्त्ताले बताएका छ्न।दलित महिला संघ अर्घाखाँचीको आयोजनामा १०महिनाको अवधिमा गरेका कार्यक्रमको कार्य पत्र पस्तुती तथा जातिय विभेद तथा लौङ्घिक हिंसा विरुद्व र मानवअधिकार उल्लंघनको सवालमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन।कार्यक्रममा बोल्दै नगर प्रमुख कमल प्रसाद भुसाले दलित अधिकार हक हितको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ।
यस्तै भुसालले जातीय विभेद पहिले भन्दा अहिले धेरै परिवर्तन भएको बताउदै,पुरानो परिवेशका मानिस भन्दा नयाँ परिवेशका मानिसमा विभेदमा परिवर्तन आएको बताउदै,आगामी परिवेशमा जातीय विस्तारै विभेद अन्त्य हुने उहाँले बताउनु भएको हो।साथै संस्थाको कार्यक्रम अवधी सकिएकाले यसलाई बचाई राख्न सहयोग समेत गर्ने बताउनु भयो।यता नगर उपप्रमुख ठाकुर कुमार विकले संस्थाले १० महिनाको अवधिमा टोल स्तरमा विभिन्न समुह गठन गरि दलित अधिकार हक हितको लागी काम गरेको संस्थाले आगामी दिनमा पनि समुह गठन भएपछी त्यस्को उपलब्धि के भयो।
भनेर यो कुरा बाहिर ल्याउनु पर्नेमा जोड दिनुभयो।उपप्रमुख विकले धेरै घटना मुद्दा नै दर्ता नभई मिलापत्र हुने,गरेको मा यसलाई संमरक्षण गर्न नहुने बताउनुभयो।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडे,जिल्ला सरकारी वकिलका हरि घिमिरे, अधिवक्ता इन्दु पाण्डे, गैरसरकारी संस्थाका ठाकुर अधिकारी,सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य राम बहादुर सुनार ,दलित अगुवा , बिष्णु परियार, लगायतले मन्तब्य राखेको कार्यक्रममा कुल बहादुर नेपालीले १० महिना अवधिमा गरेका गतिविधी बारे कार्यपत्र पस्तुती गर्नुभएको थियो । कार्यक्रम आशा परियारको संचालन संस्थाकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालीले जातीय विभेद नियन्त्रण गर्न अहिले आवश्वक कानुन निर्माण गर्न स्थानीय तहको मुख्य जिम्मेवारी भएकाले जनप्रतिनिधीले ध्यान समेत आग्रह गर्नुभयो ।
कमेन्ट गर्नुहोस !