संसद विघटनको मुद्दाको हेर्दाहेर्दैको पेसीमा आज

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ ।हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।यो मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ ।बढीमा दुई तिन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिएको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमीकस क्युरीका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।कानुन विदका अनुसार सर्वोच्च अदालतले विघटनको निर्णयलाई बदर गर्यो भने तत्काल प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्छ । सदर भयो भने वैशाखमा चुनाव गर्नुपर्ने र चुनाव हुन नसके संवैधानिक संकट आइपर्ने कानुन व्यवसायीहरु बताउँछन् ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान
यस्तै आज नै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नुभएको छ ।बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको छ । यसअघि परिषद्को बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close