नेपालमा थप ११ सय ७२ जनामा कोरोना पुष्टि,७को मृत्यु

सबैको सन्देश/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो सँगै नेपालमा हालसम्म ६७ हजार ८सय४ जना कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ सय ९३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९हजार९सय ५४ रहेको छ ।पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा ६ जना पुरुष र १ जना महिला छन् ।योसहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस !