नेपालमा २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ।
कमेन्ट गर्नुहोस !