अर्घाखाँचीको गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध,खाँचीकोट आसपासमा सतर्क रहन आग्रह

सागर महत /अर्घाखाँची ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्डको अवरुद्ध भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखोलामा पहिरो जादाँ गएराति देखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ठुलो पहिरो गएकाले हटाउने कार्य भैरहेको बताउनुभयो ।
जिल्लाको मुख्य सडक नै अवरुद्व भएपछि अन्य जिल्लामा उपचार गर्न जानु पर्ने एम्बुलेन्स बोकेका बिरामी पनि जान सकेका छैन । र सामान ढुवानी गर्न, मानिस आवत जावत गर्न पनि ठप्प भएको छ ।
यस्तै सोहि क्षेत्र खाँचीकोट आसपासमा जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६घण्टा भारी वर्षा ,क्षेत्र भएर बहने साना खोलाहरुमा एक्कासी बाढी तथा कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा सतर्क रहन जल तथा मौसम विज्ञान विभागले म्यासेज बाट सन्देश पठाएकोले सतर्क रहन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस !