सन्धिखर्कमा एक पुरुष पानीमा डुबेको अवस्थामा मृत फेला

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा एक पुरुष मृत फेला परेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ हस्पीटल लाईन बसोबास गर्ने ५५ वर्षिय पुरुष लक्ष्मण न्यौपाने सन्धिखर्क नगरपालिकाकै बाँगी खोलामा पानीमा डुबेकै अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।
उहाँ हिजो ( आईतबार) दिउँसो ४ बजेदेखि घरबाट निस्किएको परिवार श्रोतको भनाई छ ।परिवारका सदस्यले खोजी कार्य हिजो देखि गरेपनि फेला नपारेको बताएका छन। यता आज स्थानीयले खोलामा डुबेको अवस्थामा देखे पछि प्रहरी लाई खबर गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।घटनाको थप अनुसन्धान समेत भईरहेको प्रहरीको भनाई छ ।यस्तै मृतकको पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाइएको समेत बताईएको छ ।
कमेन्ट गर्नुहोस !