सन्धिखर्कमा वक्तित्व कला प्रतियोगिता सम्पन्न

सन्धिखर्क ।जनपत्रकार संगठन नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ ।२२ औ कृष्ण सेन ईच्छुकको स्मृति दिवसको अवसर पारी सन्धिखर्क नगरपालिका स्तरीय प्रतियोगिता भएको हो ।
जसमा प्रथम भगवती माविका ज्ञानचन्द्र भुसाल, दृतिय जीवनोद्धार मावि की छात्रा साधना भुसाल ,तृतीय ,सन्धिखक ग्रीन ईङ्गलिस बोडिङ्ग स्कुलकी दीक्षान्त चुँदाली ,शान्तवना स्थान हासिल गर्नेहरुमा गौरीशकर इङ्गलिस बोडिङ्ग स्कुलका कृष्ण खनाल ,मदरल्याण्ड इङ्गलिस बोडिङ्ग स्कुल की एकता गैरे अर्घारजस्थल मावि की अमिशा रायमाझी लाई नगद र प्रशासा पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा १२ विद्यालयका २४ विद्यार्थीको सहभागीता रहेको संगठनका जिल्ला ईन्चार्ज अनिल नेपालीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !