अर्घाखाँचीका अतिरिक्त हुलाकका सम्पुर्ण सेवा भोलीदेखि बन्द

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनहरुले भोली (बिहिबार) देखि सम्पुर्ण सेवा बन्द गर्ने भएका छन।उनीहरुले आफ्ना माग सम्बोधन नहुनजेल सम्म सेवा गर्ने भएका हुन ।
सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको निर्णय खारेजको माग राख्दै उनीहरुले जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख मदन भट्टराई मार्फत सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ देखि रोकिएको तलब वृद्वी गर्नुपर्ने , अतिरिक्त हुलाक ऐन २०३४ खारेज गरि नयाँ अतिरिक्त हुलाक नियमावली जारी गरि लागु गर्ने माग पनि राखिएको एशोसियसनका जिल्ला अध्यक्ष बुद्धि बहादुर भट्टराईले बताए।कुनै समयमा बस्ती बस्तीमा चिठी पुर्याउने कर्मचारीलाई सरकारले राम्रो दृष्टीकोणले नहेरेको भट्टराईको भनाइ छ ।
जिल्लाभरका ६ पालिकामा २९ वटा अतिरिक्त हुलाक रहेका छन ।
कमेन्ट गर्नुहोस !