गोरुसिंगे-सन्धिखर्क सडक दैनिक चार घण्टा बन्द हुने

सागर महत,सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।सडक मर्मत हुने भएकाले जेठ २८ गतेदेखि असार ६ गतेसम्म शनिबारबाहेक सडक चार घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसअनुसमर सन्धिखर्क नगरपालिकाको फुदबाङ र शितगंगा नगरपालिकाको भुवनपाटाको बीचको सडकखण्ड बिहान ७ देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सडक अवरुद्व हुने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिनुभयो ।

साथै उक्त समयमा अत्यावश्यक एम्बुलेन्स ,दमकल,सवबाहन ,विद्युत,र टेलिफोट मर्मत सवारी साधन तथा बिरामी बोक्दा एम्बुलेन्स प्रयोग गर्ने र अन्य सवाारी साधनमा बिरामी यात्रा गर्दा अस्पतालको रिफर कागज अनिवार्य चाहिने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close