थप १ हजार ३ सय१३ जनामा कोरोना पुष्टि,६ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा१ हजार ३ सय१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।यीसहित हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ७० हजार ६सय१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस्तै २४ घण्टामा १ हजार ४सय५५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८सय ६६ पुगेको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय८९ रहेको छ।यस्तै बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय५९ पुगेको बताइएको छ ।
कमेन्ट गर्नुहोस !