सन्धिखर्कमा थप ४ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. १ मा बसोबास गर्ने २ पुरुष २ महिला रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।यो सहित जिल्लामा कुल कोरोना संक्रमितको संख्या ४ सय १ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित ३१ जना अपचारत रहेका छन ।यस्तै बितेको २४ घण्टामा सन्धिखर्क नगरपालिकामा १ जनाले कोरोना जितेर डिस्चार्ज भए सँगै अर्घाखाँचीमा कोरोना जितेर हाल सम्म डिस्जार्च हुनेको संख्या ३ सय ६६ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।खनालका अनुसार जिल्ला भरमा कोरोना बाट मृत्यु हुनेको संख्या ४ रहेको बताउनुभयो ।उहाँका अनुसार भारत तथा छिमेकी जिल्ला बाट स्थानीय तहले निर्माण गरेर क्वारेन्टाइनमा बस्नेको संख्या १सय ७४ रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close