अर्घाखाँचीमा थप ८ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लको शितगंगा नगरपालिका वडा  नं. ७ का ७ जना र वडा  नं.१० का एक जना गरि सात जनामा आज कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।यो संँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३ सय ८२ पुगेको छ ।यता हाल सम्म जिल्लामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या३ सय ४९ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो ।उहाँका अनुसार सक्रिया कोरोना संक्रमीत संख्या जिल्लामा २९जना रहको छ । कोरोना का कारण ४ जनाको मृत्यु भएको छ । स्थानीयतहले निर्माण गरेको क्वारेन्टाइनमा भारत तथा छिमेकी जिल्ला बाट आएर बस्नेको संख्या १सय ९७ जना रहेको छ ।होम क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ४ रहेको पनि बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close