बेसहाराले मनाए दसैँ : तिहारमा देउसी–भैलो खेलेर दसैँको ऋण तिर्ने

कोरोना महामारीले काम गर्न नपाउँदा बिचल्ली बनेका ज्यालादारी मजदुर, बेसहारा र बेवारिसेहरूले नारायणी नदीकिनारामा यस वर्षको दसैँ मनाएका छन् । उनीहरूलाई रमाइलो गरी दसैँ मनाउने व्यवस्था भने बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले गरिदिएको हो । केन्द्रले उनीहरूलाई ५ भदौदेखि ३९ दिनसम्म नारायणी नदीकिनारामा निःशुल्क खानासमेत खुवाएको थियो ।

केन्द्रकी अध्यक्ष सीता कुँवरले घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सबैलाई खाना खुवाउँदै दसैँ मनाउने व्यवस्था गरिदिएको जानकारी दिइन् । दसैँमा एक सय २० जना सडक मजदुर तथा बेसहारालाई नयाँ कपडासमेत वितरण गरेको उनी बताउँछिन् । ‘सबैमा चर्डपर्वको उत्साह होस् भन्ने सोचेर टीकासहित खाना खुवाउने व्यवस्था गरेको हो,’ कुँवर भन्छिन्, ‘यसरी टीका लगाएर दसैँ मनाउन पाउँदा मजदुर र बेसहाराहरूले पनि खुसी माने ।’

सडक मजदुर र बेसहारालाई खाना खुवाउने अभियानमा चितवनका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले दिवंगत भएका आफन्तको तिथि, जन्मोत्सवलगायतको अवसरमा खाद्यान्नलगायतको सहयोग गर्दै आइरहेका छन् । ‘हामीले दैनिक साढे दुई सयभन्दा बढी बेसहारा, बेबारिसे तथा दैनिक ज्यालादारी गर्नेहरूलाई दसैँमा पेटभरि दुई छाक खाना वितरण गर्दै आएका छौँ । दाताको सहयोगले मात्र पुगेन,’ उनले भनिन्, ‘हामी अहिले चार लाखभन्दा बढी ऋणमा छौँ ।’ कपडा पसलमा करिब एक लाख, तरकारी पसलमा ९० हजार, खाद्यान्न र मासु पसलमा गरी दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । ‘अन्य लेनदेनको हिसाब खातामै हेर्नुपर्छ,’ नारायणी नदीकिनारमा खाना पकाउँदै गर्दा भेटिएकी कुँवरले भनिन् ।

लकडाउनका वेला सबैतिरबाट सहयोग प्राप्त भए पनि दसैँ मनाउँदा उल्लेख्य सहयोग नआएको उनी बताउँछिन् । ‘चार्डपर्वमा समस्या सबैलाई छ । यहाँ निःशुल्क खाना खान पाउने आशामा भोकले भाँैतारिँदै आउनुहुन्छ । दसैँको वेला पसलबाट उधारो मागेर पूर्र्णिमासम्म कार्यक्रम ग¥यौँ,’ उनले भनिन्, ‘तिहार पनि हामी उहाँहरूसँगै मनाउँछौँ । दसैँमा लागेको ऋण तिहारमा देउसीभैलो खेलेर तिर्नेछौँ ।’

केन्द्रका चितवन उपाध्यक्ष प्रकाश थापाका अनुसार केन्द्रले यसअघि सडकमा रहेका बेवारिसे अवस्थाका बिरामीलाई उठाएर उपचार गराउने, अलपत्र शव व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको थियो । कोरोना कहरकै बीचमा २० जनालाई सुधार केन्द्रमा राखी उचारसमेत हुँदै आएको उनले बताए ।नयाँ पत्रिका बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close