अर्घाखाँचीमा ३१ जना कोरोना मुक्त,१२ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३ जना,भुमिकास्थान नगरपालिकामा ८ जना,छत्रदेव गाउँपालिकामा १ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल कोरोना संक्रमित हुनेको संख्या ३७ सय ६० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै हाल कोरोना संक्रमण मुक्त हुनेको संख्या २९ सय ४६ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७सय ३५ रहेको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको ७९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close