अर्घाखाँचीमा १७ घरगोठ जमिन भासिएर पुरिए

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा केहिदिन देखि परेको अविरल वर्षाका कारण १७ घर गोठ जमिन भासिएर पहिरो जादाँ पुरिएका छन ।जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२को कोठियामैदानको टोलमा माथि बाट खसेको पहिरो सहित जमिन भासिदै जादाँ १७ घरगोठ भासिए पुरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो ।
मानिस भागेर बाच्न सफल भएकाले अहिले सम्म मानविय क्षति नभएको सुचना अधिकारी गुप्ताले बताउनुभयो ।उहाँका अनुसार पशु चौपाय गोठमै अलपत्र पुरिएका छन । नगद,जिन्सि, अन्नपात जमिन भासिदाँ पुरिएका छन । जमिन भने भासिन नरोकिएको ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । अझै केहि घर जोखिमा रहेको पनि बताइएको छ ।
कमेन्ट गर्नुहोस !