प्रधानमन्त्री ओली–प्रचण्ड भेट, भागबण्डामै अल्झियो मन्त्रीमण्डल पुनर्गठन

सत्तारूढ दल नेकपा कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागबण्डा मिल्न नसक्दा मन्त्रीमण्डल पुनर्गठन प्रक्रिया लम्बिएको छ ।

पार्टीको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने सुझावअनुरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिनहुँ छलफल भए पनि सहमति जुट्न सकिरहेको छैन । मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीले गृहकार्य शुरु गरे पनि आन्तरिक भागबण्डा नमिल्दा प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ ।

आइतबार ओली र प्रचण्डबीच भएको भेटमा केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मोटामोटी सहमति जुटे पनि पात्रको विषयमा पनि सहमति नभएको प्रचण्डको सचिवालयले बताएको छ । आइतबार कुन मन्त्री हटाउने र कुन मन्त्री राख्ने भन्ने विषयमा समेत दुई नेताबीच छलफल भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएर केही व्यक्तिलाई मन्त्री बनाउने गृहकार्यसमेत अगाडि बढाउनुभएको छ । सबै मन्त्रालयलाई राज्यमन्त्रीविहीन बनाउने र खाली भएका मन्त्रालयमा मन्त्री थप्ने हो भने ६ जना मन्त्री थप्न मिल्ने अवस्था रहेको छ ।

कुन मन्त्री हटाउने र कुन मन्त्री राख्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र प्रचण्डका बीचमै कुरा मिल्न नसकेको बताउँदै एक स्थायी समिति सदस्यले भने– ‘मन्त्रीमण्डल पुनर्गठनको मापदण्ड के बन्ने भन्ने विषयले नै निर्धारण गर्छ ।’

एक सातादेखि मन्त्रीमण्डल पुनर्गठनको चर्चा चले पनि पार्टीभित्र अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समामेटर मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने दबाबमा प्रधानमन्त्री रहनुभएको छ ।

पार्टीभित्रका शक्ति समीकरणको आधारमा यसअघि जस्तो प्रधानमन्त्री ओलीले मात्र निर्णय गर्ने अधिकार नहुँदा मन्त्रीमण्डल पुनर्गठन झन् जटिल बन्दै आएको छ ।

संविधानअनुसार २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने प्रावधान छ । पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरुको संख्या धेरै भएकाले भागबण्डामै कुरा मिल्न नसक्दा मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया पनि लम्बिँदै गएको छ ।नेपाल समाचार पत्र बाट

प्रतिक्रिया दिनुहोस्

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close