ओलीलाई टोपबहादुर र जनार्दन !

पार्टीभित्रैको झगडा मिलाउन मन्त्रिपरिषद् हेरफेर र विस्तारका लागि दौडधुप बाक्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका दुई जना व्यक्तिलाई मन्त्रिपरिषद्मा राख्न खोज्नुभएको छ । मन्त्रिपरिषद्मा ६-७ जना मात्र हेरफेर गर्न पाए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना देखिन्छ ।

पार्टी फुटको संघारमा पुग्दा आफूलाई सघाएका नेता टोपबहादुर रायमाझी र जनार्दन शर्मा प्रभाकरलाई ओलीले मन्त्री बनाउन खोजेको बुझिएको छ । यसो गर्दा केही मन्त्रीका पद धरापमा छन् । तीमध्ये भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमेत पर्नेछन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नारायणकाजी श्रेष्ठ र बामदेवलाई मन्त्री बनाउने पक्षमा हुनुहुन्छ । भर्खर सांसद बनाइएका बामदेव गौतमलाई भने तत्काल मन्त्री बनाउन सर्वोच्च बाधक बनेपछि केही समय पर्खनुपर्ने भएको छ ।

सर्वोच्चले बाटो खोलेदेखि बामदेवको नजर अर्थमन्त्रालयमा छ । तर प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्न ।-जनआस्थाबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close