नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाण्डौं ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।रिपोर्टर्स क्लव काठमाण्डौले आयोजनामा भएको कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।
धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।आक्रमण गर्ने नुवाकोटको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमेन्ट गर्नुहोस !