शितगंगा नगरपालिकामा जमिन भासिएर पहिरो जादाँ प्रभावित भएका नागरिक खुल्ला आकाशमा

सागर महत /अर्घाखाँची ।

अर्घाखाँचीमा यही असोज ९ गते अविरल वर्षापछि जमिन भासिएर पहिरो जाँदा ६१ घर-परिवार विस्थापित भएका छन् ।शितगंगा नगरपालिका–१२ को कोठिया मैदान र वडा नम्बर-११ को ढुंगेसेरा क्षेत्रका नागरिक प्रभावित भएका छन् ।जमिन भासिएर पहिरो जाँदा घरगोठ पूर्णरुपमा क्षति भएकाले उनीहरु खुला आकाशमा बस्न बाध्य भएका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा यही ९ गते अविरल वर्षापछि जमिन भासिएर पहिरो जाँदा ६१ घर विस्थापित भएका छन् । जसमध्ये नगरपालिका–१२ को कोठिया मैदान क्षेत्रमा २५ ओटा घरगोठ पूर्णरुपमा भत्किएर क्षति भएका छन् भने २४ ओटा घरगोठ जीर्ण बनेपछि स्थानीय विस्थापित भएका छन् ।यस्तै, नगरपालिकाकै वडा नम्बर-११ को ढुंगेसेरा क्षेत्रमा बसोबास गर्ने पाँचओटा घरगोठ भत्किएका छन् भने सात घरगोठ बस्न नमिल्ने तरिकाले विस्थापित भएका छन् । केही आफन्तको बसेका छन् केही खुला आकाशमा बसिरहेका छन् ।

चार दिनदेखि चाउचाउ खाएर बसेको शितगंगा नगरपालिका–१२ को कोठिया मैदानको घरगोठ सबै पुरिएकी तुल्सा अधिकारी बताउनुहुन्छ ।दिउँसोको समय भएर मानिस सुरक्षित ठाउँमा गएकाले मानवीय क्षति नभएको स्थानीय बताउँछन् ।

अधिकांश घरगोठ पहिरोलेभन्दा जमिन भासिएर भत्किएका छन् । चार दिन बितिसक्दा पनि राहत नपाएको स्थानीयको गुनासो छ ।घरमा पालेका चौपाया खुला आकाशमुनि बाँधिएको छ । पानी बग्ने खोल्साहरु अग्लो अवस्थामा छन् भने अधिकांश बिजुलीका तारहरु चुँडिएका छन् । सम्म रहेका खेतहरु अहिले भिरालो बनेका छन् ।

अब यस क्षेत्रमा बस्ती बस्न उपयुक्त नभएको र यसको व्यवस्थापनका लागि स्थानीय, प्रदेश सरकार र केन्द्र सरकारको सहयोगको अपेक्षा रहेको वडा नम्बर-१२ का अध्यक्ष बाबुराम गैरेको भनाइ छ ।घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठक पनि बसेको छ ।विपद् व्यवस्थापन समितिले खुला आकाशमा बस्ने गाँस र बासको टुंगो नभएकाहरुलाई व्यवस्थापन गर्न समयमै ध्यान दिन जरुरी छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close