सारीका केसी र सन्तोष शर्माको अभिनयमा नयाँ गीत सार्वजनिक


काठमाण्डौं ।लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाउन सफल कलाकार सर्जक लोक गायक पुस्कल शर्मा र गायिका सुनिता बुढा क्षेत्रीको नयाँ गीत एक्लो पिपलु सार्वजनिक भएको छ ।
यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेका बेला गायक शर्मा र गायिका क्षेत्रीको आवाजमा नयाँ गीत एक्लो पिपलु सार्वजनिक भएको हो ।
विश्व राहुल क्षेत्री‘एक्लो पिपलु’ बोलको गीतमा गायक शर्मा र गायिका बुढा क्षेत्रीको आवाज रहेको छ। जसमा चर्चित मोडल सन्तोष शर्मा र मोडल सारिका केसिले साथ दिएका छन भने
गीतमा लय विश्व राहुल क्षेत्रि र शब्द विश्व राहुल क्षेत्रि र पदम क्षेत्रि कै छ । विष्णु भटराईले निर्देशन गरेको गीतको छायांकन पनि भट्टराई आफैले गरेका छन् ।
स्टेज कार्यक्रममा निकै बिजि मानिने गायक शर्मा र गायिका बुढा क्षेत्रीको दर्जनौ गितले निकै चर्चा कमाउने गरेका छन। मोडल सन्तोष शर्मा र सारिका केसिले दर्जनौ हिट गितमा छुट्टै पहिचान कमाउन सफल भएका छन।
गीतको भिडियो हेर्नुहोस्
कमेन्ट गर्नुहोस !