अर्घाखाँची युवा परिषको आयोजनामा अन्तरपालिका भलिबल प्रतियोगिता हुँदै

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।अर्घाखाँची युवा परिषको आयोजनामा पालिकास्तरीय चौथो AYC अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष काजी श्रेष्ठले पत्रकार सम्मेलनबाट जानकारी दिनुभयो ।


कार्तीक १६ गते देखि संचालन हुने प्रतियोगितामा जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिकाका टिमको सहभागिता रहने उहाँले बताउनुभयो ।खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भलिबल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५० हजार पुरस्कार दिइनेछ। दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने महासचिव प्रकाश भुसालले बताउनुभयो ।


साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउनेछन्।प्रतियोगिताको टिममा जिल्ला भन्दा बाहिरको २ जना मात्र खेलाडी राख्न पाइने जनाएको छ । सामाजिक क्षेत्रमा सक्रिया परिषले जिल्लाका अन्य क्षेत्रमा पनि रचनात्मक कार्य गदै आएको छ ।२०७२ सालबाट सुरु गरिएको खेल बिचमा कोरोनाका कारण रोकिएको थियो ।त्यसलाई अहिलेबाट निरन्तरता दिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close