लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पतालमा भर्ना

काठमाडौँ ।आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो।छातीमा समस्या भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको बताएको छ। भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उहाँलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
कमेन्ट गर्नुहोस !