थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि,७ को मृत्यु

सबैको सन्देश /काठमाण्डौं।
नेपालमा बितेको २४ घण्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।त्यस्तै गएको २४ घण्टामा १ हजार ५७ जना जना निको निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४सय २८ पुगेको छ ।नेपालमा अब २० हजार ८ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।यता बितेको २४ घण्टामा ७ जनाको कोरोना संक्रमण बाट मृत्यु भए सँगै नेपालमा कोरोना बाट हाल सम्म ४सय ९८ को मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !