नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध आज आन्दोलन गदै

काठमाण्डौ ।नेपाली कांग्रेसले सबै दल र संस्थाहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण आन्दोलन गर्न अपिल गर्नुभएको हो ।यस्तै प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसले आज (शनिबार)पनि प्रदर्शन गर्दैछ। सोहि अबसरमा प्रवक्ता शर्माले सडकबाट सालिन ढंगले विरोध गर्न आग्रह गर्नुभएको हो ।
संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आग्रह गरिएको छ ।आज हुने आन्दोलनमा कांग्रेसमा सम्पुर्ण संगठनको सहभागी हुने समेत बताइएको छ ।
कमेन्ट गर्नुहोस !