शान्ती समाजद्वारा चुलिदो भ्रष्टाचार र बढ्दो महंगीको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण पत्र

प्रेमनारायण,आचार्य/ सन्धिखर्क ।मुलुकमा विद्यमान कहालीलाग्दो दण्डहीनताको अन्त्य गरी सुशासनको प्रत्याभूति गर्दै लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई आत्मसात गर्न मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

चुलिदो भ्रष्टाचार, दण्डहीनता र बढ्दो महंगीका कारण नागरिकहरुमा वितृष्णा बढ्दै गइरहेको हुँदा कुनै पनि बेला विष्फोट हुन सक्ने खतरातर्फ ध्यानाकर्षण गराउँदै सुशासनको प्रत्याभूति गर्न र दण्डहीनता अन्त्य गर्न सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।

२०४७ सालपछिका सबै पूर्व तथा वर्तमान प्रधानमन्त्री र मन्त्री परिषद्का दुई जना पूर्व अध्यक्षहरुको सम्पत्ति छानविन हुनुपर्ने शान्ती समाजले माग गरेको छ । तीनै तहको अदालतले दोषी ठहर गरेका पात्रलाई राष्ट्रपतिद्वारा माफी दिने निर्णय समग्र न्याय प्रणालीको अपमान भएको मानव अधिकार तथा शान्ती समाजले ठहर गरेको अर्घाखाँची शाखा सभापति निलकण्ठ भुसालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य तथा प्रेस युनियनका केन्द्रिय प्रेमनारायण आचार्य, पत्रकार महासंघका जिल्ला सदस्य तथा प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे लगायततको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close