अर्घाखाँचीमा पनि ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाइयो


सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।जसअन्तर्गत अमर प्रहरीका परिवार ,जेष्ठ पुर्व प्रहरी कर्मचारी, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै निवन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी,विविध खेलकुद प्रतियोगितामा बिजेता खेलाडीहरु लाई पुरस्कार प्रदान गरिनुका साथै सहयोगी जग्गा दाताहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको बताएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा ,पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने , मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई , छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य ,प्रमुख कोष नियन्त्रक दिपक अधिकारी ,सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता प्रहरी निरीक्षक ऋषिराम घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !