नेविसंघद्धारा तिलोत्तमा नगरपालिका शिक्षा शाखा शिल

भुवनेश्वर अधिकारी/ बुटवल।

नेपालमा कोरोना माहामारीका कारण बन्द रहेका निजी तथा सामुदायिक शैक्षिक संस्थाले विद्यार्थीसंग अनलाईन पढाएको भनी रकम असुली गरेकोप्रति विरोध जनाउंदै नेविसंघले विद्यार्थीसंग असुली गरेको रकम फिर्ता गर्न माग गरेको छ ।
त्यस्तै, शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आधारभुत पारिश्रमिक दिन पनि माग गरेको लुम्बिनी वाणिज्य क्याम्पसका नेविसंघ सभापति युवा नेता सुरज क्षेत्रीले बताउनुभयो।
त्यसतै नेविसंघका पुर्व केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेलले बिद्यार्थीहरुको हकहितमा सदैव अगाडि बढने सरकारले नटेरे त्यसको कडा जवाफ दिने र अझ सशक्तरुपमा कदम बढाउने बताउनु भएको हो ।
‘साथै स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग विद्यार्थीको भविष्यसंग सरोकार रहेको विषयमा गम्भिर हुन ध्यानाकर्षण गराएको छ, उनले भने, माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न पनि नेविसंघ तयार छ ।’
यसअघि, नेविसंघले तिलोत्तमा नगरपालीकामा शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाई नगरपालीकाको शिक्षा शाखा शिल गर्ने क्रममा नगर प्रहरीले हातपात गरेपछि नगरपालीकाको परिसरमा टायर जलाउनुका साथै नारा जुलुस गरेको। नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेता सन्दिप पाण्डेले जानकारी दिनुभयो
अन्य नगरमा कम शुल्क भएपनि तिलोत्तमाले असार देखिनै लागू हुनेगरी ७५ प्रतिशत कायम गरेको र सो को विरोध गर्दा प्रहरी परिचालन गरी हामीलाई रोक्यो, उनले भने, जनपथ, नगर र शसस्त्र प्रहरी खटाएर प्रशासनले बल प्रयोग गरेको थियो ।
नगरपालिकाले भने पूर्व सूचना तथा जानकारी बिना एक्कासी ताला लगाउन आएको हुंदा रोकिएको बताएको छ ।
नेपाल विद्यार्थी संघले जुलुसपछि बसेको वार्तामा निश्कर्ष ननिस्किएपछि नेविसंघले तालाबन्दी नखोल्ने चेतावनी दिएको पाण्डेले बताउनुभयो ।
नगरप्रमुख वासुदेव घिमिरेले शिक्षा समितीबाट गरिएको निर्णयमा कार्यपालीकाको बैठक बसी पुन अध्ययन गरी निर्णय सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker