नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हरायो

काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।
यसअघि दुई खेलमा दुवै खेल हारेर पुछारमा रहेको नेदरल्याण्ड्स यो जितसँगै २ अंक जोड्दै एक स्थान माथि उक्लिएको छ ।
कमेन्ट गर्नुहोस !