लुम्बिनी प्रदेशमा रहेका अस्पतालमा विकास समिति खारेज

दाङ । लुम्बिनी प्रदेश सरकारले अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ । लुम्बिनी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो ।
प्रदेशका १३ वटा अस्पताल विकास समितिको खारेजी गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !