अर्घाखाँचीमा थप एक हप्ता लकडाउन हुने

सबैको सन्देश /सागर महत ,अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा भदौ १७ गते सम्म लकडाउन हुने भएको छ । जिल्ला स्तरीय कोभिड—१९ संकट व्यवस्थापन समितीको बैठकले भाद्र ३ गतेदेखि जारी लकडाउन लाई भाद्र १७ गते राति १२ बजे सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण समुदाय सम्म पुगेको भन्दै बैठकले जिल्लाबासीलाई कोभिड १९ को महामारी बाट सुरक्षित राख्न लगडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने छन । तरकारी, खाद्य पसल दिउँसो साढे ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन्, डेरी पसल बिहान ६ देखि ८ बजेसम्म खोल्न पाउने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा दुइ स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुख एक सञ्चारकर्मी, सहित १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि अर्घाखाँची अस्पतालमा सोमबारदेखि आकस्मिक र प्रसूति सेवाबाहेक अरु सबै सेवा बन्द गरिएको छ ।
अस्पताल डाक्टर र स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नआउँदासम्म उनीहरु होम आइसोलेसनमा बसेका छन् । अस्पतालका कर्मचारी, संञ्चारकर्मी, कार्यालय प्रमुख र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका एकसय ११ जनाको स्वाब संकलन गरेर सोमबार पठाईएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close